अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म म यस्तो गीत गाउँछु २ फागूण २३ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको तिम्रो घरको वरिपरी बोलको गीतको छायांकन सकिएको छ । पूर्वका विभिन्न रमणिय स्थानमा फिल्मको यो गीत खिचिएको हो ।

यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको संगीत छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन रहेको छ । म यस्तो गीत गाउँछु २ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । पूजा शर्मा र सुदर्शन थापा फिल्मका निर्माता हुन् ।

म यस्तो गीत गाउँछु २ मा ५ वटा गीत समावेश छन् । छायांकन सुरु भएको ४५ दिन भैसक्दा पनि अझै १५ दिन छायांकनका लागि बाँकी रहेको निर्माताले बताएका छन् ।

For More videos Log on to Mazzako TV