अन्तत, निर्देशक झरना थापा ए मेरो हजुर ४ का लागि मुख्य नायक छनोट गर्न सफल भएकी छिन् । झरनाको निर्देशनमा बन्ने यो फिल्ममा अभिनेता अनमोल केसी फाइनल भएका छन् ।

अनमोल र निर्माण टिमविच शनिबार फिल्मका लागि कागजी संझौता भएको हो । फिल्ममा सुहाना थापा अभिनेत्रीको रुपमा पक्का छिन् । गएको बर्षको सुपरहिट फिल्म ए मेरो हजुर ३ पछि सुहाना र अनमोलले फेरि एकसाथ काम गर्ने निर्णय गरेका हुन् ।

फिल्म ए मेरो हजुर ३ को छायांकन माघको १६ गतेबाट हुनेछ । अभिनेता अनमोल केसी केही समयपछि फिल्मको वर्कशपमा व्यस्त हुनेछन् । यसपटक फिल्मको छायांकन कुवेत र नेपालमा हुनेछ ।

For More videos Log on to Mazzako TV