अभिनेता अनमोल केसी अन्यौलमा छन् भन्दा के होला । पक्कै केही पनि फरक पर्दैन । किनभने, अभिनेता केसीको गतबर्ष रिलिज भएको फिल्म ए मेरो हजुर ३ पछि नयाँ फिल्मको छायांकन पनि भएको छैन । उनले काम गर्न पक्का भएको फिल्म धुपौरे पनि नबन्ने देखिएको छ ।

उसो भए अभिनेता केसी अब कुन फिल्ममा काम गर्दैछन् त ? उनको हातमा फिल्मको अफर धेरै छन् । तर, कुन गर्ने र कुन नगर्ने भन्नेमा नै उनी अन्यौलमा छन् । एन्टी हिरो पछि सारेर धुपौरे गरेका अनमोलले अहिले फेरि धुपौरे छाडे ।

एन्टी हिरो मै काम गर्ने कि बाहिरी ब्यानरको फिल्ममा काम गर्ने, अनमोलमा अन्यौल छ । उनी कथा छान्ने कुरामा पनि दोधारमा परेका छन् ।

फिल्म असफल हुँदा पर्ने दबाबका कारण पनि उनलाई यो खालको दबाब सिर्जना भएको हो ।

For More videos Log on to Mazzako TV