चर्चित हाँस्य सिरियल सक्किगोनीकी चर्चित कलाकार रक्षा श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो सार्वननिक भएको छ । ‘माया मोहनी’ बोलको गीत गायक तथा संगीतकार मानशी किरणको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । सार्वजनिक रोमान्टिक ‘माया मोहनी’ गीतमा मानशी किरण र गंगा गजमेरको स्वर रहेको छ ।

भेषु इन्शान मगरको शब्द रहेको गीतमा गायक किरणकै संगीत रहेको छ । भिडियोमा रक्षासंगै एन आर बिनोदको अभिनय रहेको छ । जेबिआर सनमले निर्देशन गरेको भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् । भिडियोका सम्पादन उत्तर राना मगर हुन् ।

गायक तथा संगीतकार किरणका यस अघिका गीतमा पनि राम्रो प्रतिक्रिया पाएका थिए । उनि सार्वजनिक ‘माया मोहनी’ गीतबाट पनि राम्रो प्रतिक्रिया पाउँनेमा आशाबादी छन् । त्यस्तै गायिका गंगाले अहिले डान्सिङ गीतले मार्केटमा छाप जमाइरहेता पनि मेलोडी गीतका पनि आफ्नै दर्शक स्रोता भएकाले गीतले राम्रो चर्चा पाउँनेमा आशाबादी रहेको बताइन् ।

For More videos Log on to Mazzako TV