कात्तिक २९ गते अर्थात भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म मिस्टर नेपालीमा समावेश डंका पिट्यो गीत रिलिज भएको छ । यो गीतमा डेभिड शंकरको स्वर, देव भुषालको शब्द तथा दिपक शर्माको संगीत छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन, जीवन थापाको सम्पादन छ ।

देव भुषालले यो फिल्म लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अभिनेता भूवन केसी, रीमा विश्वकर्माको साथमा साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोल लगायतका कलाकारहरुको अभिनय छ । प्रेमराज दाहाल यो फिल्मका निर्माता हुन् ।

फिल्मले विदेशमा बसेर पनि नेपाली माया हुन्छ भन्ने कथालाई उठाएको छ । फिल्ममा कमेडी, राष्ट्रप्रेम, प्रेमको कथा छ ।

For More videos Log on to Mazzako TV