मंसिर ५ गतेबाट फिल्म झिंगे दाउको छायांकन सुरु हुने भएको छ । हलेसीबाट यो फिल्मको छायांकन सुरु हुन लागेको निर्देशन ज्ञानेन्द्र देउजाले जानकारी दिए । यो फिल्मबाट अभिनेताको रुपमा कुशल बिष्टले प्रवेश गरेका छन् । कुशलले फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मासँग जोडी वाध्नेछन् ।

फिल्ममा मुकुन भुषाल र केकी अधिकारी पनि मुख्य भूमिकामा छन् । फिल्मको दोश्रो सेड्यूल भकुण्डेबेसीमा हुनेछ । फिल्ममा बिष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, प्रदिप भारद्धाजको पटकथा तथा संवाद रहनेछ ।

For More videos Log on to Mazzako TV