फिल्म शत्रु गतेमा काम गरेपछि हुलमुलका फिल्ममा काम गरेर घाटा हुने रहेछ भनेर तर्क गरेकी अभिनेत्री आँचल शर्माले यसपछि हुलमुलकै फिल्म दाल भात तरकारीमा काम गरिन् । उनै, आँचल अब बिहेको तयारीमा छिन् ।

आँचलले फागुणमा बिहे गर्ने पक्का भैसकेको छ । उनै, आँचलले हाँस्य कलाकार हरिवंश आचार्यको जन्मदिनमा उनीसँग फिल्म बनाउँदा नविर्सन भनेकी छिन् । आँचलले जन्मदिनको शुभकामना दिदै आफूलाई फिल्म बनाउँदा नविर्सनुहोला भन्दै उनले शुभकामना दिइन् ।

आँचलले यसो भनिरहँदा हरिवंशले बिहेपछि पनि अनुमती छ नी खेल्ने भन्दै सोधेका थिए । जसमा आँचलले छ भन्दै जवाफ दिएकी थिइन् । आँचल अहिले फिल्ममा कम भिडियोमा बढी व्यस्त छिन् । उनले बिहेपछि पनि फिल्मको कामलाई निरन्तरता दिने बताएकी छिन् ।

For More videos Log on to Mazzako TV