एबी इन्टरनेशनल प्रा.लिले अब नेपाली र हिन्दी फिल्म नेपाल र विदेशमा वितरण गर्ने भएको छ । कम्पनीका प्रबन्धक अजित कुमार थापाले बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै फिल्म वितरण गर्ने बताएका हुन् । उक्त विज्ञप्तीमा अनुसार, ‘नेपाली फिल्मसँग जोडिएर अगाडि बढ्ने क्रममा एबी इन्टरनेशनलले अब फिल्म वितरण पनि गर्ने छ ।

यसै शुक्रबार बलिउड फिल्म ‘मरजावा’ नेपालमा वितरणको जिम्मा लिएर औपचारिक रुपमा वितरकका रुपमा समेत पाइला चलेका छौं । यस कम्पनीले नेपाली फिल्मसँगै विदेशी फिल्म समेत वितरण गर्दै आम दर्शकमाझ विश्वस्तरीय मनोरञ्जनको पहुँच पुर्याउने छ । कम्पनीले निमार्ण गरेको फिल्म ‘पासवर्ड’ यहि भदौमा रिलिज भएको थियो तर फिल्मले व्यापारिक सफलता हासिल गर्न सकेन । यो कम्पनीले निर्माण गरेको दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ ।

For More videos Log on to Mazzako TV