चलचित्र ‘रेड मनसून’को ओर्जिनल साउण्ड ट्रयाक ओएसटी रिलिज भएको छ । ओएटीको निर्देशन सञ्चारकर्मी तथा भिडियो निर्देशक भुषण दहालले गरेका हुन् । लोचन रिजालको आवाज समेटिएको गीतको भिडियोमा लोपोन्मुख ‘अरबाजो’ प्रयोग गरेको देख्न सकिनेछ ।

चलचित्र ‘रेड मनसून’मा सृष्टि घिमिरे, सरिता गिरी, हिमाली दिक्षित, सन्दिप क्षेत्री, सुदाम सीके लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ‘रेड मनसून’को निर्देशन इलम दिक्षितले गरेका हुन् ।

करुणा शर्माको कथामा तयार भएको चलचित्र ‘रेड मनसून’ आगामी शुक्रबार बैशाख २६ गते बाट अलनेपाल प्रर्दशनमा आउदैन । चलचित्र ‘रेड मनसून’मा काठमाण्डौ आसपासको भेषभुषा, रहनसहन र बाजागाजालाई मुख्य बिषय बस्तु बनाईएको छ ।

For More videos Log on to Mazzako TV