निर्देशक सत्यराज चौलागाईंको निर्देशनमा निमार्ण हुने फिल्म ‘अन्तरे’ मा मुकुन भुषाल फाइनल भएका छन् । उनले यसअघि समीक्षात्मक रुपमा सफल फिल्म ‘बुलबुल’ मा अभिनय गरेका थिए । उक्त फिल्मले राम्रो समिक्षा पाएकोे थियो ।

मुकुनले फिल्मको स्क्रिप्ट राम्रो लागेका कारण काम गर्नका लागि राजी भएको बताए उनी चाँडै ज्ञानेन्द्र देउजाको फिल्म ‘झिङ्गेदाउ’ पनि गर्दैछन् ।
‘अन्तरे’ चरित्रात्मक भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चौलागाईंले बताए ।

रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । फागुनको पहिलो साता फ्लोरमा जाने तयारी गरिरहेको निर्माता राज पण्डितले बताए ।

For More videos Log on to Mazzako TV