अभिनेत्री आँचल शर्मा यतिबेला प्रेमका कारण चर्चामा छिन् । प्रेमी उदिप श्रेष्ठसँग आँचलले बिहे गर्न लागेको खबर सार्वजनिक भैरहेका छन् । आँचल र उदिप केही समयदेखि प्रेममा रमाइरहेका छन् । आँचलले पनि यो बर्ष मै बिहे हुने संकेत गरेपछि यसले अझै मलजल पाएको हो ।

आँचलसँग मंसिरमै बिहे गर्ने तयारी समेत उदिपको छ । तर, अहिले नै बिहेका लागि मिति तय गरिएको छैन । यो बर्ष आँचल शर्माले बिहे गरिन् भने अनौठो नमान्दा हुन्छ ।

उनको बिहे कसरी हुन्छ भन्ने पक्का भएको छैन । तर, उदिपसँग भेट भएको १ बर्षपछि नै आँचल उनको दुलही बन्ने तयारीमा लागेकी छिन् ।

For More videos Log on to Mazzako TV