शुक्रबारदेखि नेपालमा रिलिज हुन लागेको फिल्म मिस्टर नेपालीले अमेरिकामा राम्रो प्रतिक्रिया पाएको छ । अमेरिकाको टेक्सासमा आयोजना भएको प्रिमियरमा पुगेका दर्शकले यसलाई उत्कृष्ट भनेका छन् ।

विदेशमा बस्ने नेपालीले हेर्नैपर्ने चलचित्रको रुपमा मिस्टर नेपाली बनेको दर्शकको प्रतिक्रिया छ । विदेशमा बस्ने नेपालीले आफ्ना बच्चाहरुलाई यो फिल्म देखाउनुपर्ने उनीहरुले तर्क गरेका छन् ।

देव भुषालको निर्देशनमा बनेको यो फिल्ममा भूवन केसी, रीमा विश्वकर्मा, बिष्णु सापकोटा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको अभिनय छ । प्रेमराज दाहाल सिनेमाका निर्माता हुन् । फिल्म मिस्टर नेपालीले राष्ट्रियताको कथालाई उठान गरेको छ ।

For More videos Log on to Mazzako TV