सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ को एक गीतको छायांकन गरिएको छ । आइतबार हायात होटल परिसरमा ‘छम छम छम’ बोलको गीत खिचिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको ‘छम छम छम’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ । कोरियोग्राफर प्रविण सिंहले कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिज्मा र प्रिन्सी खतिवडा र कमला घिमिरेलाई नचाएका हुन् ।

उक्त गीतको छायांकन सकाउँदै फिल्मको नयाँ रिलिज डेट तय गरिएको हो । निर्माण पक्षले फागुन २ गते (भ्यालेन्टाइन डे) लाई रिलिज तोकेको हो । सौरभ चौधरी निर्दे्शित लभस्टोरी फिल्ममा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् ।

संजय लामाले खिचेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका छन् । मधु बास्तोलाको कथा र पटकथा रहेको फिल्ममा सम्पादक साहिल खानले सह(निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको फिल्ममा सरोज तुलाधरको सह निर्माण छ ।

For More videos Log on to Mazzako TV