कात्तिक २९ गतेबाट रिलिज हुन लागेको फिल्म मिस्टर नेपालीबाट अभिनेता साहिल श्रेष्ठ र अभिनेत्री कुसुम राउत यो क्षेत्रमा भित्रिदैछन् । यो फिल्मलाई देव भुषालले निर्देशन गरेका हुन् भने प्रेमराज दाहाल फिल्मका निर्माता हुन् । फिल्मको कथावस्तुले नेपालीप्रेम भन्छ । विदेशमा रहेर पनि नेपाली मन नेपाली नै हुन्छ भन्ने कथामा यो फिल्म बनेको छ ।

अभिनेता साहिल फिल्मको कथावस्तुले दर्शकको मन छुने विश्वास व्यक्त गर्छन् । उनले, फिल्ममा दर्शकले आफूलाई अमेरिकाबाट फर्किएको एक नेपालीको भूमिकामा देख्ने बताए । अभिनेत्री कुसुम राउतले फिल्म क्षेत्रमा प्रवेश गर्ने बाटो खोज्दै गर्दा आफूले मिस्टर नेपाली पाएको बताइन् । फिल्ममा आफ्नो भूमिका लामो नभएपनि दर्शकका लागि यादगर हुने उनको तर्क छ ।

यी दुबै कलाकार फिल्मबाट आशावादी छिन् । मिस्टर नेपालीबाट आउने प्रतिक्रियापछि अगाडि कसरी बढ्ने भन्ने सोच आउने दुइले बताए ।

For More videos Log on to Mazzako TV