फिल्म घामड शेरे शुक्रबारदेखि रिलिज भएपनि यसको ओपनिङ भने अपेक्षाकृत छैन । निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीका कारण पनि सुरुवाती व्यापार राम्रो हुने अपेक्षा निर्माण टिममा थियो ।

तर, फिल्मको ओपनिङ अपेक्षा गरे अनुसार नभएको स्वयंम निर्देशक हेमराज वीसी नै स्विकार गर्छन् । उनका अनुसार, निर्माणटिमले बढी अपेक्षा राखेको थियो । सिनेमाको रिलिज डेट अन्तिम समयमा आएर सार्नु फिल्मको ओपनिङ कमजोर रहनुको कारण रहेको हेमराजको वुझाई छ ।

तर, फिल्म घामड शेरेको कमजोर ओपनिङले स्वस्तिमा र निश्चलको जोडीले एकसाथ फिल्म खेल्नु अघि सोच्नुपर्ने अवस्था भने आएको छ ।

For More videos Log on to Mazzako TV