मिस भ्याल्ली आईकनको दोस्रो सिजनको बिजेता निशा लिम्बु बनेकी छिन् । शनिबार राजधानीमा सम्पन्न भएको मिस भ्याल्ली आईकनको फिनालेमा १३ जना प्रतिस्पर्धीलाई पछिपार्दै निशा बिजेता बनेकी हुन् । क्वेष्ट इभेन्ट मनेजमेन्टको आयोजनामा सम्पन्न भएकोे शोमा प्रतिमा बलामी फस्ट रनरअप, अनपा गिरी सेकेन्ड रनरअप, बिन्दु शाही ठकुरी मिस पपुलर र रेश्मा तामाङ मिस भ्यूवर च्वाईस बन्न सफल भएका हुन् ।

त्यस्तै मिस ट्यालेन्टमा रेश्मा तामाङ, बेष्ट कल्चरल ड्रेशमा निशा लिम्बु, मिस स्टायलमा तारा महर्जन, मिस पंचुवलमा अनपा गिरी, मिस डिसीप्लेनान सृष्ट्रि रिमाल, मिस फोटानेनिकमा प्रतिमा बलामी, मिस बेष्ट स्माइल तारा मर्हजन भइन् । त्यस्तै मिस फ्रेण्डसिपमा भबिना कौचा मगर, मिस कोअप्रेटिभमा जानुका बुढाथोकी, मिस चामिङमा बिन्दु शाही ठकुरी, मिस कन्फिडेनटमा बिनिता थापा, मि िब्यूटिफलमा प्रज्वलीका गिरी, मिस प्रशानालिटीमा एलिशा श्रीस, मिस बेष्ट वाक एलिना थापा मगर भइन् । मिस भ्याल्ली आईकनको कोरियोग्राफीमा प्रियंका श्रेष्ठ र सगुन श्रेष्ठ थिए ।

मिस भ्याल्ली आईकनको जयन सुब्बा मानन्धर, अमित गिरी, दिपक घिमिरे, अमृत मरठ्ठा, रोहन श्रेष्ठ, धिरज टन्डुकार र निकिता पाण्डे निर्णायकको भूमिकामा थिए । उक्त शोमा रोजिन शाक्यले होस्ट गरेका थिए । क्वेष्ट इभेन्ट मनेजमेन्टले पहिलो सिजनको सफलतासंगै दास्रो सिजन पनि सम्पन्न गरिएका आयोजक बिकाश श्रेष्ठले बताए । यस्ता शो हरु आउँदो दिनमा पनि गर्ने क्वेष्ट इभेन्ट मनेजमेन्टका बिकाश श्रेष्ठले बताए । नयाँ प्रतिभाहरुलाई हामी सर्पाेट गर्दै जाने उनको भनाइ थियो ।

For More videos Log on to Mazzako TV