कार्तिक ८ गते बाट प्रदर्शनमा आएको फिल्म ‘पोई पर्याे काले’ को स्याड भर्सन गीत हालै सार्वजनिक भएको छ । प्रेम परियारको स्वर मा रहेको ‘माया ले’ बोलको गीतमा सार्वजनिक गरिएको हो । रघु परियारको शब्द रहेको रहेको गीतमा संगीत पुरुषोत्तम न्यौपानेको छ । गीतमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेललाई गीतकै भाबमाम ढालिएको छ ।

राजधानीको गोपीकृष्ण,गुण र अस्ट नारायणमा र राजधानी बाहिरका केहि हलहरुमा फिल्म तेस्रो हप्तामा प्रदर्शन भईरहेको छ । फिल्ममा लेखन तथा निर्देशन शिशिर राणाको छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

For More videos Log on to Mazzako TV