चर्चित गायक हिमाल सागर र सन्जु निरौलाको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘डिम्पल गाला’ बोलको गीतको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको छ । रमन निरौलाको शब्द रहेको गीतमा तिलक कट्टेलको संगीत रहेको छ । निरज श्रेष्ठ गीतका एरेन्जर हुन् ।
हेर्नुस् भिडियो :

भिडियोमा अन्जली अधिकारी, दिपेश खतिवडा र सुजन नेपाली प्रस्तुत छन् । भिडियोलाई फिल्म तथा म्युजिक भिडियो निर्देशक कृष्ण पौडेलले निर्देशन गरेका हुन् । प्रबिण थापाको कोरियोग्राफी रहेको भिडियोलाई खिच्ने र सम्पादन गर्ने काम युबराज खत्रीले गरेका छन् ।

For More videos Log on to Mazzako TV