आज अर्थात शुक्रबारबाट २ फिल्म सिनेमा घरमा आएका छन् । हेमराज बिसीको निर्देशन रहेको फिल्म ‘घामड शेरे’ र विनोद विष्ट निर्देशित फिल्म ‘जीवन काँडा की फुल’ रिलिज भएका हुन् ।
निश्चल बस्नेत र स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको फिल्म घामड सेरेको बिहिबार राजधानीमा प्रिमियर गरिएको थियो । हेमराज बिसी निर्देशित सिनेमा हेरेपछि सम्पूर्णले तारिफ गरे । कथाबस्तु, प्रस्तुति, अभिनय, छायाँकन र साउण्डको विधामा सिनेमा अब्बल पाएको उपस्थित पाहुनाहरुले प्रतिक्रिया दिए ।

फिल्मले प्रिमियरमा मज्जाको प्रतिक्रया पाएको छ । निर्देशक हेमराजको कामलाई तारिफ योग्य भनिएको छ । फिल्ममा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतकाको पनि अभिनय छ ।

यस्तै साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा की फुल’ कृतिमा निर्माण भएको ‘जीवन काँडा की फुल’ मा झमकको बाल्यकालको भूमिका अवस्था थापाले निर्वाह गरेकी छन् । भने, युवा अवस्थामा रोजिता बुद्दचार्यले अभिनय गरेकी छन् । झमकको जीवनमा प्रत्यक्ष सहयोग पुर्याएकी बहिनिको भूमिका भने सारिका घिमिरेले निभाएकी छन् ।

For More videos Log on to Mazzako TV