प्रदिप खड्काको अभिनय रहने फिल्म ‘प्रेम गीत ३’ को शुभमुर्हत गरिएको छ । यस वर्षको प्रतीक्षित पिल्मको बिहीबार दक्षिणकाली मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको छायाङ्कन मनाङ र काठमाडौँमा हुनेछ । फिल्मको छायाङ्कनको लागी काठमाण्डौँमा भब्य सेट निर्माण गरिएको छ ।

फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङसंगै अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतका कलाकारहरूको अभिनय रहनेछ । ’प्रेम गीत ३’ लाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा निर्देशन गर्दै छन् । निर्देशक गुरुङ र मन्दिप गौतमले यसको कथा लेखेका हुन् ।

फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । आगामी चैत २८ लाई फिल्मले प्रदर्शन मिति तोकेको छ ।

For More videos Log on to Mazzako TV