यहि कार्तिक २२ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने ‘घामड शेरे’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । हेमराज बिसी निर्देशित फिल्ममा पहिलो पटक निश्चल बस्नेत र स्वस्तिमा खड्काको रोमान्स छ । फिल्ममा स्वस्तिमा निश्चलकोसालीको भूमिकामा प्रस्तुत छिन् । सुष्मा निरौला निश्चलको श्रीमतिको पत्नीको भूमिकामा छिन् ।

फिल्ममा बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्यालल गायतका कलाकारको पनि अभिनय छ । निर्देशक बिसीकै कथा, पटकथा रहेको फिल्मलाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको हो । बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्मित फिल्ममा कालीप्रसाद बाँस्कोटाको सङ्गीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।

For More videos Log on to Mazzako TV