अभिनेता सुशिल श्रेष्ठले फिल्म वादशाह जुटबाट ठूलो अपेक्षा गरेका थिए । यो फिल्मको कथा मन परेकाले काम गरेको उनले बताउँदै पनि आएका थिए । निरन्तर फिल्म नचल्दा निराश भएका सुशिल यो फिल्मबाट भने उकासिने आशामा थिए ।

तर, अभिनेता सुसीलले सोचे जस्तो भएन । उनी अभिनित यो फिल्म बक्स अफिसमा राम्रो बिजनेस गरिरहेको छैन् । शुक्रबारदेखि रिलिज भएको फिल्मले व्यापार राम्रो नगर्दा सुशिललाई अब लभ डायरीजको पर्खाई गर्नुपर्ने भएको छ । वादशाह जुट मल्टिप्लेक्समा रिलिज भएको ३ दिनपछि नै हटेको थियो ।

सुशिल र आमिर गौतमको मुख्य भूमिका रहेको फिल्म बारम्बार प्रदर्शन मिति सार्दा दर्शक दोधारमा परेका थिए ।

For More videos Log on to Mazzako TV