बलिउड अभिनेता गोविन्दा र अभिनेत्री निरुता सिंह नेपाल आएका छन् । उनीहरु, वुधबारदेखि विरगञ्जमा सुरु हुन लागेको स्वर्णिम चलचित्र महोत्सवका लागि नेपाल आएका हुन् । गोविन्दा र निरुताले त्रिभुवन विमानस्थलको भीआइपी कक्षमा संचारकर्मीसँग कुराकानी गर्दै महोत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको सुनाए ।

गोविन्दा पत्नीसहित नेपाल आएका हुन् । गोविन्दाको नेपाल ससुराली पनि हो । अभिनेत्री निरुता सिंहले आफूलाई लामो समयपछि पर्दामा आउँदा पनि दर्शकले माया गरेको भन्दै खुशी व्यक्त गरिन् । अहिले भने उनी आफू स्वास्थ्य भएको बताइन् । अभिनेता गोविन्दाले महोत्सवमा नृत्य गर्ने भन्दै रमाइलो गर्न सबैसँग आग्रह गरे ।

For More videos Log on to Mazzako TV