अभिनेता आकाश श्रेष्ठको जन्मदिन उनका फ्यानले विशेष बनाएका छन् । सामाजिक संजालमा पूजा आकाश फ्यान गु्रप नामले परिचित समुहले आकाशको जन्मदिन आयोजना गरेको हो । जन्मदिनको अवसरमा फ्यान समुहले मृगौला पिडित एक महिलालाई आकाशको हातबाट ५० हजार नगद समेत हस्तान्तरण गरेको थियो ।

आकाशले फ्यानबाट पाएको अथाहा प्रेमले आफूलाई भावुक बनाउने बताए । अभिनेत्री पूजा शर्मा उपस्थित नहुँदा अपुरो त महशुश भएको भन्दै आकाशले यो माया सधै पाइराखुँ भनेर कामना पनि गरे । पूजा र आकाशका फ्यानले दुइको बिहे हुनुपर्ने भन्दै आकाशसँग कुरा राख्दा आकाश भने लजाएका थिए ।

आकाशलाई फ्यानले आइफोनको पछिल्लो भर्सन गिफ्ट गरेका थिए ।

For More videos Log on to Mazzako TV