फिल्म सेन्टी भाइरसको फस्टलुक रिलिज भएको छ । धुर्मुस र सुन्तलीको प्रस्तुतिमा बनेको यो फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ । यो फिल्म फागूणको ९ गतेबाट रिलिज हुँदैछ ।

फिल्म सेन्टी भाइरसमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, बुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । फिल्मको फस्टलुकमा अभिनेता सिताराम कट्टेल मात्र देखिएका छन् । फिल्मको कथावस्तु खोलिएको छैन ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, शैलेन्द्र डी कार्कीको छायांकन छ ।

For More videos Log on to Mazzako TV