प्रदेश नम्वर १ को धरानमा ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान’ हुने भएको हो । प्रदेश नम्वर १ सरकारको आयोजनामा ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान’ हुने भएको हो । ‘विविध भाषा संस्कृतिको सम्मान ,स्वच्छ सुखी र समुन्नत प्रदेश को पहिचान’ नारा सहित कार्तिक २९ गते देखी मङ्सिर २ गते सम्म महोत्सव चल्ने छ ।

महोत्सवमा १०० भन्दा बढी चर्चित कलाकारहरु, वरिष्ठ कलाकार अभिनेता, अभिनेत्री, निर्माता, निर्देशकहरू चलचित्रकर्मीहरु धरान आउने भएका छन् । मुल आयोजक समितीका अध्यक्ष प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा शनिबार धरानमा सम्पन्न बैठकमा सोही मितिमा बिरगंजमा पनि चलचित्र महोत्सव हुने र तयारी पनि नपुगेको कारण कार्त्ितक २१ गतेदेखी हुने भनिएको महोत्सव कार्तिक २९ गतेको लागि सारीएको अध्यक्ष कार्किले बताए ।

धरान फिल्म नगरि चलचित्र कर्मीको उर्बरभुमी, धेरै चलचित्रकर्मीहरु उत्पादन गरेकोले पनि महोत्सव धरानमा गरिएको र धरानलाई फोकस गरिएको अध्यक्ष कार्कीको भनाइ छ । प्रदेश १ सरकार को निती तथा कार्यक्रम अन्तर्गत को कार्यक्रम अन्तर्गत प्रदेश १ रहेर निरन्तर कलाकारिता क्षेत्रमा लागिपरेका कलाकार र प्रदेश १ का कलाकारहरु जो देश बिदेशमा नेपाली चलचित्र क्षेत्रमा अहोरात लागिपरेका चलचित्रकर्मी र कलाकारहरु मध्येबाट १५ जनालाई सम्मान समेत गरीने चलचित्र छनोट तथा व्यबस्थापना समितिका संयोजक बिजय सुब्बाले जानकारी दिए ।

प्रदेश १ भरिका कलाकारहरुमा सफल बनाउन को लागि सम्पूर्ण जिम्मेवारी आएकोले यस्लाई सफल बनाउन दिनरात लागिपरेको ले महोत्सव सफल हुने मा ढुक्क रहेको सदस्स्य सचिव अरुण प्रधान ले जानकारी दिए । महोत्सवमा संस्कृतिक पहिचान र विविधता झल्कने डकुमेन्ट्री र आर्टि्स्टिक चलचित्रहरु निशुल्क धरान सभागृहमा प्रदर्शन हुनेछ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइको प्रमुख आतिथ्यमा कार्तिक २९ गते दिउसो १ बजे उद्घाटन समारोह कार्यक्रम हुने र प्रत्येक दिन ३ शो फिल्म प्रदर्शन गरिने बताइएको छ । महोत्सवमा प्रत्येक दिन चर्चित कलाकार सहित बिभिन्न फिल्महरु प्रदर्शन गरिनेछ । साथै प्रत्येक् दिन तीन वटा फरक चलचित्रहरु प्रदर्शन हुनेछन । प्रदेश सरकारको आयोजना भनेकोले पनि कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सरकारले कुनै बाँकी नराख्ने प्रदेश सरकारका मुख्य सचिव तथा व्यवस्थापना समिती संयोजक सुरेश अधिकारीले जानकारी दिए ।

For More videos Log on to Mazzako TV