नायिका अदिती वुढाथोकीले आफ्नो प्रेम खुलाएकी छिन् । मुम्बइमा रहेर मोडलिङ गरिरहेकी यी सुन्दरीले आफू प्रेममा रहेको जनाएकी छिन् । उनले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै प्रेममा रहेको खुलाएकी छिन् ।

अदिती नेपाली फिल्म कृबाट उदाएकी थिइन् । तर, यसपछि उनले नयाँ फिल्ममा काम गर्ने संझौता गरेकी छैनन् । उनी भारतका र्यापर अलिम मोरानीको प्रेममा रहेको वुझिएको छ । अदितीले लभ साइन दिदै अलिमलाई आफ्नो स्टाटस मेन्सन पनि गरेकी छिन् ।

https://www.instagram.com/p/B4WZMCmB-1u/?utm_source=ig_embed

अलिम भारतमा चर्चित र्यापर हुन् । उनका केही गीत युटुबमा हिट पनि छन् । अलिम र अदितीको प्रेम कति समयदेखिको हो भन्ने खुलेको छैन ।

For More videos Log on to Mazzako TV