केही बर्ष अघि मेरी कोममा काम गरेपछि अभिनेता सुनिल थापाको चर्चा भयो । हुनत, सुनिलले अभिनय गरेको यो नै पहिलो बलिउड फिल्म भने थिएन । तर, मेरी कोममा उनले काम गरेपछि उनी फेरि नेपाली फिल्ममा नै बढी व्यस्त भए ।

अब, भने उनै सुनिलले नयाँ बलिउड फिल्ममा काम गर्ने भएका छन् । सुनिलले काम गर्न लागेको बलिउड फिल्मको नाम क्वाथा हो । यो फिल्मलाई बलिउड अभिनेता सलमान खानको होम प्रोडक्शनमा निर्माण गरिदैछ ।

सुनिलले यो फिल्मका लागि सहमती पनि जनाइसकेका छन् । उनले, आफूले फिल्म खेल्न लागेको जानकारी दिदै फिल्ममा आफू मुखिया बन्न लागेको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV