फिल्म ‘१२ सत्ताईस’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । जोन योञ्जनको निर्देशित फिल्मको सार्वजनिक पोस्टरमा फिल्म भित्रका प्रमुख कलाकारहरु प्रस्तुत छन् । फिल्म आउँदो मङ्सिर २७ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ ।

फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजि राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अभोन राज उप्रेती, भिष्म जोशी लगायतकाको अभिनय रहेको छ । फिल्मले ३ जना युवा बेरोजगारहरुको कथा समेटेको छ ।

ह्याप्पी प्ल्यानेट फिल्म्स र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन् भने फिल्मका सह(निर्माताको रुपमा गौतम शाह रहेका छन् । निर्देशक जोन योञ्जन कै कथा रहेको यस फिल्ममा दिपक आर्जेको संगीत, अनिश स्याङ्गदेनको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV