केही नेपाली फिल्मको रिलिज क्यालेन्डर हेरफेर भएको छ । मंसिर महिनामा रिलिज हुन लागेका केही नेपाली फिल्मको क्यालेन्डर हेरफेर भएको हो । मंसिरको ६ गते फिल्म च च हुई नै रिलिज हुनेछ ।

आर्यन सिग्देल र मिरुना मगर मुख्य भूमिकामा रहेको यो फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । यस्तै, मंसिरको १३ गते कात्तिक २२ गते रिलिज हुने भनिएको सरौतो आइपुगेको छ । यो मितिमा रिलिज हुने भनिएको फिल्म प्रेम संसार अब मंसिरको २७ गते पुगेको छ ।

मंसिरको २० गते भने फिल्म दयारानी रिलिज हुने भएको छ । दयाहाङ राई र दिया पुन अभिनित यो फिल्म रिलिज डेट नपाएर धेरै पटक सरिसकेको छ । मंसिर महिनामा पनि अब हरेक हप्ता एउटा नेपाली फिल्म आउने भएका छन् ।

For More videos Log on to Mazzako TV