अभिनेता सुशिल श्रेष्ठको फिल्मले राम्रो व्यापार गरेका छैनन् । नेपाली फिल्ममा आशा गरिएका अभिनेताको रुपमा चिनिएका सुशिल निरन्तर फिल्म असफल हुँदा संकटमा छन् । सुुशिलका लागि कात्तिक १५ गतेबाट रिलिज हुन लागेको फिल्म वादशाह जुट यसकारण पनि फाइदाजनक छ ।

किनकी, यो फिल्म चलेको खण्डमा सुशिल पनि चल्नेछन् । सायद २, कारखाना असफल भएपछि निराश भएका सुशिलका लागि वादशाह जुटले आशा जगाउन सक्छ । यो फिल्ममा उनी पत्रकारको भूमिकामा छन् ।

फिल्ममा सधै शरीर देखाएको आरोप खेपेका सुशिल यसपटक भने १२ केजी तौल घटाएर पत्रकार बनेका छन् । फिल्म चलेको खण्डमा उनको अर्को रिलिज फिल्म लभ डायरीजलाई पनि फाइदा हुनेछ ।

For More videos Log on to Mazzako TV