निरन्तर रुपमा सफल मानिएका अभिनेत्रीहरुको स्टारडम खस्किएको समयमा शुक्रबारदेखि रिलिज भएको फिल्म पोई पर्यो कालेको व्यापार सबैका लागि आशा गरिएको छ ।

किनकी, यो फिल्ममा अभिनेत्री पूजा शर्माको मुख्य भूमिका छ, जो अहिलेकी महंगी अभिनेत्री पनि हुन् । फिल्म पोई पर्यो कालेबाट के अभिनेत्री पूजा र अभिनेता आकाश श्रेष्ठको स्टारडम चम्कियो त ? फिल्मको व्यापार मल्टिप्लेक्समा औषत छ । सिंगल हलमा भने पूजा र आकाशलाई हेर्नर्क लागि दर्शक आएका छन् ।

पूजाका फ्यान र उनलाई मन पराउनेहरुको संख्या शुक्रबार र शनिबार बाक्लो देखिएको थियो । शिशिर राणा निर्देशित यो फिल्मले तिहारको फाइदा उठाएको खण्डमा निर्मातालाई पनि फाइदा हुनेछ ।

For More videos Log on to Mazzako TV