अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर अभिनित फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । मंसिर ६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारी गरिएको फिल्मको कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

हङकङबाट फर्किएका दुई युवाको जीवनमा आइपर्ने उतार–चढावलाई फिल्ममा देखिने छ । अभिनेत्री मिरुना मगरसँग आर्यनको लभ केमेस्ट्री पनि ट्रेलरमा देख्न सकिन्छ । फिल्ममा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

साम्तेन भुटिया निर्देशक फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता अमृत घोले लामा हुन् । फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक भुटिया स्वयं हुन् । ‘च च हुई’ का गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत, श्री श्रेष्ठको द्वन्द्व र सुशन प्रजापतिको छायांकन छ ।

For More videos Log on to Mazzako TV