बिहीबार पक्राउ परेका गायक समीर घिसिङ भिटेनलाई प्रहरीले हिरासतमुक्त गरेको छ । शुक्रबार साँझ उनलाई हिरासतमुक्त गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले बताए । उनलाई भनेको समयमा उपस्थित हुने शर्तमा तारेखमा छाडिएको बताइएको छ ।

र्यापर भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीतमा अश्लील शब्द प्रयोग भएको र उनले प्रहरी वर्दीमा गाँजा मोलिरहेको तस्बिर राखेको आरोपमा प्रहरीले बिहीबार उनलाई जावलाखेलबाट पक्राउ गरेको थियो ।

For More videos Log on to Mazzako TV