अभिनेता भूवन केसी लामो समयपछि पर्दामा देखिदैछन् । फिल्मको गीतमा देखिएपनि उनी मुख्य भूमिकामा भने लामो समयपछि देखिन लागेका हुन् । उनले अभिनय गरेको फिल्म मिस्टर नेपालीको ट्रेलर सार्वजनिक भएसँगै उनको चर्चा सुरु भएको छ ।

फिल्ममा पाको र यूवा भूवन केसीलाई देख्न सकिनेछ । फिल्म मिस्टर नेपालीलाई देव भुषालले निर्देशन गरेका हुन् । फिल्ममा भूवन केसीको अनुहार चम्किन जरुरी छ । किनकी, फिल्ममा अन्य २ जना नयाँ कलाकार छन् ।

भूवन केसीलाई दर्शकले पत्याएको खण्डमा फिल्मको व्यापारमा फाइदा हुनेछ । कात्तिकको २९ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV