फिल्म पोई पर्यो कालेलाई दर्शकले राम्रो भनेका छन् । फिल्म हेर्नका लागि राजधानीको गोपिकृष्ण हलमा पुगेका दर्शकले फिल्म मन पराएका हुन् । उनीहरुले समाजमा काले र गोरे भनेर हुने विभेदको कथामा यो सिनेमा बनेको बताए ।

अधिकांश दर्शकले पूजा शर्मा र आकाश श्रेष्ठका कारण आफूहरु फिल्म हेर्न आएको समेत बताएका थिए । फिल्म पोई पर्यो कालेलाई सिंगल हलमा सुखद ओपनिङ गरेको छ । मल्टिप्लेक्समा तिहारको बिदाको फाइदा उठाउने अपेक्षा गरिएको छ ।

शिशिर राणा निर्देशित यो फिल्ममा पूजा शर्मा, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV