‘बौद्ध स्तुपा संसारको एक सुन्दर धार्मिक स्थल’ : अक्षय कुमार
बलिउडका खेलाडी अक्षय कुमार नेपाल आएका छन् । फिल्म सुटिङका लागि शुक्रबार अक्षय नेपाल ल्यान्ड भएका हुन् । ‘बसन्ती’ नामक फिल्मको सुटिङ्गका लागि उनी नेपाल आएको बुझिएको छ ।
नेपालमा छायांकन गर्न लागिएको उनको चलचित्रको निर्देशन निरज पाण्डेले गर्नेछन् । फिल्मका लागि अक्षयसँगै तपसी पन्नु पनि नेपाल आईपुगेकी छिन् । अक्षय कुमार फिल्म सुटिङ्गकै लागि नेपाल आएको बताईएपनि उनको फिल्म कहाँ र कहिले सुटिङ्ग हुदैछ भन्ने बिषयमा भने कुनै पनि जानकारी गराईएको छैन ।
बलिउडका खेलाडी कुमारले बौद्धटुसालमा रहेको बौद्धस्तुपालाई संसारकै एक सुन्दर सुन्दर धार्मिक स्थल भनि फेसबुकमा फोटो पनि अपलोड गरेका छन् । अक्षयले होटल ह्यातको स्विट रुमबाट फोटो खिचेका हुन् ।
बलिउड खेलाडी अक्षय कुमारको नेपाल बसाई एक हप्ताको हुने बुझिएको छ। होटल ह्यातमा उनी दैनिक ८० हजार भन्दा बढी मुल्य पर्ने सबैभन्दा महंगो कोठामा बसेको स्रोत बताउछ ।