पूजा शर्मा र आकाश श्रेष्ठको प्रमुख भूमिका रहने गरि फिल्म ‘सम्झना बिर्सना’ को शुभमुर्हुत गरिएको छ । शुक्रबार राजधानीस्थित भद्रकाली मन्दिरमा पूजाआजा गरिएको फिल्म पूर्ण प्रेमकथानक बन्नेछ । दार्जी्लिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित रहने फिल्मलाई निमेष प्रधानले निर्देशन गर्नेछन् ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने फिल्ममा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ । आदित्य फिल्मस्को व्यानरमा निर्माण हुने ’सम्झना बिर्सना’लाई शिव ढकालले खिच्नेछन् । फिल्म २१ कार्तिकदेखि छायाँकनमा उत्रिनेछ ।

’सम्झना बिर्सना’सहित पूजा र आकाशले लगातार चौथों फिल्ममा काम गर्ने पक्का भएको छ । यसअघि ’रामकहानी’मा बाँधिएको यो जोडीले ’सम्हालिन्छ कहिले मन’ र ’पोइ पर्यो काले’मा अभिनय गरिसकेको छ । यो जोडीको प्रशंसक धेरै भएकाले लगातार सहकार्य भैरहेको छ ।

For More videos Log on to Mazzako TV