फिल्म घामड शेरेको रिलिज मिति परिवर्तन भएको छ । फिल्म रिलिजको २ दिन अघि मात्र यसको प्रदर्शन मिति सारिएको हो । फिल्म घामड शेरे पछि सर्नुको मुख्यकारण यो फिल्मले मल्टिप्लेक्समा कम शो पाउनु हो ।

फिल्मलाई क्यूएफएक्स चेनले जम्मा ६ शो राजधानीमा दिएको थियो ।
निर्माताले कम शो पाएको भन्दै हल संचालकसँग असन्तुष्टी समेत जनाएका छन् । अब, यो फिल्म कात्तिकको २२ गतेबाट रिलिज हुने भएको छ ।

हेमराज वीसी निर्देशित फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । घामड शेरे पछि सरेपछि कात्तिक ८ मा पोई पर्यो काले सोलो रिलिज हुनेभएको छ ।

For More videos Log on to Mazzako TV