निर्देशक निश्चल बस्नेत अहिले कलाकार ज्यादा छन् । उनले अभिनय गरेका फिल्म बढी रिलिज भएका छन् । लुट २ पछि त उनले फिल्मको निर्देशन नै गरेका छैनन् । बरु, फिल्ममा आइट ब्वाइदेखि अभिनेता बनेर खेलिरहेका छन् ।

उनै निश्चल आफूले निर्देशनका लागि पनि काम गरिरहेको बताउँछन् । उनले, आफूले अब बनाउने फिल्म अहिले बनिरहेको जस्तो नहुने भन्दै यसैका लागि समय लगाएको पनि बताएका छन् । निश्चलले बनाएको फिल्म लुटले नेपाली फिल्मको कथा भन्ने तरिका बदलेको थियो ।

निश्चल फेरि पनि फिल्म क्षेत्रमा शैली बदल्ने सोचमा छन् । यसैले पनि उनले यसपटक समय लागएको बताएका छन् ।

For More videos Log on to Mazzako TV