निर्देशक सत्यराज चौलागाई नयाँ फिल्ममा काम गर्ने भएका छन् । यसअघि फिल्म ‘अनुराग’ निर्देशन गरेका सत्यराज अब नयाँ फिल्म ‘अन्तरे’ लिएर आउँने भएका हुन् । उनि विगत १२ बर्षदेखि निरन्तर नेपाली फिल्ममा सक्रिय छन् । उनले दर्जनौँ फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।

रेड आइज फिल्म्स को ब्यानरमा निर्माण हुन लागेको ‘अन्तरे’ लाई राज पण्डित र सुबास राईले लगानी गर्दैछन । फिल्म अन्तरे एक समसामायिक बिषयमा निर्माण हुने बताइएको छ । फिल्मका नायक तथा नायिकाको खोजी गरिराखेको भैरहेको छ । निर्देशक सत्यराज अहिले फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् ।

अन्तरेका लागि केही कलाकार भने फाइनल भैसकेका छन् । फिल्मका मुख्य नायक तथा नायिका फाइनल हुन साथ छायांकनमा जाने निर्देशक चौलागाईले बताए । यो अलिक चरित्रात्मक फिल्म भएकोले त्यही किसीमको चरित्र निर्बाह गर्ने कलाकारसँग कुरा भैइरहेको निर्देशक बताउँछन ।

For More videos Log on to Mazzako TV