अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ अहिले टाढा भएको खबर सार्वजनिक हुन थालेको छ । प्रदिप फिल्म प्रेमगीत ३ मा काम गर्दैछन् भने जसिता आई एम ट्वान्टी वानका लागि तयार छिन् । तर, लिलिबिलीबाट सुरु भएको प्रदिप र जसिताको निकटता लभ स्टेशनसम्म आइपुग्दा झनै बाक्लो भएको थियो ।

प्रदिपकै कारणले जसिताले केही फिल्म छाडेको खबर समेत सार्वजनिक भएको थियो । अभिनेता खड्काले जसितालाई फिल्म आई एम ट्वान्टी वान पनि नगर्न भनेको खबर पनि सार्वजनिक भैरहेको छ । तर, जसिता यो फिल्म खेल्नका लागि राजी भएपछि दुइको सम्बन्धमा अझै दरार आएको हो ।

जसिता अभिनेता धिरज मगरसँग फिल्ममा काम गर्दैछन् । धिरज जसिताका पूर्व प्रेमी समेत हुन् ।

For More videos Log on to Mazzako TV