अभिनेता आकाश श्रेष्ठ फिल्म पोई पर्यो कालेमा प्ले ब्वाई बनेका छन् । यस्तो भूमिका आकाशले यसअघि गरेका थिएनन् । यसैले पनि आकाशका लागि यो भूमिका विशेष छ ।

अभिनेत्री पूजा शर्मासँग नजिक भएपछि चर्चामा आएका आकाश यसपटक भने आफूले फरक भूमिका गरेको र दर्शकले दिने प्रतिक्रियाका लागि उत्साहित भएको पनि बताउँछन् । फिल्ममा आकाश चटपटे, चुलबुले छन् । जो यूवतीसँग नजिक हुन र माया जालामा फसाउन सिपालु छन् । अभिनेता, आकाश श्रेष्ठ आफू रियल लाइफमा भने यस्तो नभएको बताउँछन् ।

फिल्ममा यस्तो भूमिका गरेपनि त्यसले आफ्नो सोच परिवर्तन नगर्ने उनको भनाई छ । शिशिर राणा निर्देशित यो फिल्म कात्तिक ८ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV