अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले काम गर्ने नयाँ फिल्मको नाम बाहिरिएको छ । निश्चल र स्वस्तिमाले नयाँ फिल्म दिमाग खराब काम गर्ने भएका छन् ।

यो फिल्मको छायांकन पौषबाट सुरु हुँदैछ । फिल्म दिमाग खराबलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । यो फिल्ममा निश्चल र स्वस्तिमा प्रेमी प्रेमिकाको भूमिकामा देखिदैछन् । फिल्मको अहिले कथामा काम भैरहेको छ । निश्चलले नै सिनेमाको कथा लेखिरहेका छन् ।

फिल्म दिमाग खराबलाई कमेडीक थामा बनाउने तयारी गरिएको छ । निश्चल र स्वस्तिमाले घामड शेरेमा काम गरेपनि उनीहरु फिल्ममा भिनाजु र सालीको भूमिकामा देखिएका छन् ।

For More videos Log on to Mazzako TV