‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्कोमा हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका गर्दै अवार्डको चौथो संस्करणको अमेरिकाको बे एरियामा हुने बताइएको हो । अवार्डको तेस्रो संस्करण पनि अमेरिकामा नै भएको थियो । यही नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अवार्ड हुनेछ । ग्लोबल नेपाली फिल्म अवार्ड, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन अवार्ड हुने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।

नेपाली फिल्मकर्मीहरुलाई सम्मान, नेपाली फिल्मलाई डायस्पोरामा प्रबद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रबद्र्धन, फिल्म टुरिजमको बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र फिल्म पर्यटन तथा ‘भिजिट नेपाल २०२०’ मा अधिक मात्रामा पर्यटन भित्राउने अवार्डको उद्देश्य रहेको अध्यक्ष मल्लले बताए ।

ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् । अवार्ड कार्यक्रम बर्कलीको युसी थिएटरमा हुनेछ । डिसेम्बर १ मा ‘भिजिट नेपाल २०२०’ लाई प्रचार गर्ने उदेश्यले कलाकारसहितको सहभागितामा बर्कली सिटीको मुख्य सडक नै बन्द गरेर ‘नेपाल डे परेड’ मनाइने फिल्म सोसाइटीका अध्यक्ष मल्लले बताए ।

For More videos Log on to Mazzako TV