हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी परेको छ । मिडिया हबले नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको ‘सक्किगोनी’ को टिम विरुद्ध प्रहरीमा कपिराइटको उजुरी हालेको हो । मिडिया हबले अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) लाई ‘भद्रगोल’ कै क्यारेक्टरहरु नक्कल गरेको भन्दै कपिराइटको उजुरी गरेका बताइएको छ ।

मिडिया हबले भद्रगोलले जन्माएको क्यारेक्टरमा आफुहरुको हक भएका बताएको छन् । उजुरीमा कुनै क्षतिपूर्ति मागदावी नगरेपनि यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको हो । भद्रगोल टिमबाट छुटिएर जिग्री र पाँडेले ‘सक्किगोनी’ हाँस्य टेलिश्रृंखला निर्माण गरेका छन् । मिडिया हबले नयाँ पात्र खोजेर भद्रगोल सञ्चालनमा ल्याएका छन् । यता ‘सक्किगोनी’ले भने छोटो समयमा मज्जाको प्रतिक्रिया पाइरहेको छ ।

For More videos Log on to Mazzako TV