ए मेरो हजुर ३ डेब्यू अभिनित्री सुहाना थापा अहिले अमेरिकामा छिन् । अमेरिकामा रहेर ब्याचलर गरिरहेकी सुहानाको नयाँ फिल्म कहिले आउँछ भन्ने दर्शकमा उत्सुकता छ । सुहानाको होम प्रोडक्शनबाट बन्ने फिल्ममा नै उनले काम गर्नेछिन् ।

निर्देशक झरना थापा नयाँ फिल्म भागवत गीता वा ए मेरो हजुर ४ कुन सुरु गर्नेमा दोधारमा छिन् । तर, अमेरिकामा रहेकी सुहानाले भने नयाँ फिल्म ५–६ महिना भित्रमा घोषणा हुने बताएकी छिन् । उनले, नयाँ फिल्मका लागि आफू पनि उत्साहित रहेको बताएकी छिन् ।

सुहानाले आफूलाई भने भागवत गीतामा काम गर्न मन लागेको पनि बताएकी छिन् । भागवत गीतामा अभिनेता अनमोल केसीलाई अफर गरिएको छ । तर, अनमोल भने अहिले धुपौरे फिल्ममा व्यस्त छन् ।

For More videos Log on to Mazzako TV