पुराना कलाकार तथा नेपाली टेलिभिजनमा कुनै समय एकछत्र राज गरेका कलाकार सन्तोष पन्तले नेपाली फिल्ममा देखिएको समुहमाथि गुनासो गरेका छन् । सन्तोषको कथामा फिल्म हिजो आजका कुरा बन्दैछ । सन्तोष पन्तको निर्देशनमा बनेको सिरियल हिजो आज कुराकै नाम सापटी लिएर साकार पन्तले यो फिल्म बनाउँदैछन् ।

यो फिल्मका लागि सन्तोषले आफूसँग हिजो आजका कुरामा काम गरेका थुप्रै कलाकारलाई अफर गरेपनि धेरैले काम गर्न इन्कार गरेका थिए । सन्तोषले आफूले सबैलाई अफर गरेको बताए । तर, अहिले कलाकारको समुह भएको भन्दै उनले कसैले पनि काम गर्न नमानेको गुनासो गरेका छन् ।

तितो सत्य, जिरे खुर्सानी लगायतका सिरियलमा काम गरेका कलाकारले सुरुवाती दिनमा हिजो आजका कुरामा काम गरेका थिए ।

For More videos Log on to Mazzako TV