अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतले अभिनय गरेको फिल्म घामड शेरे कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा निश्चल र स्वस्तिमा भिनाजु र सालीको भूमिकामा छन् ।

तर, यो फिल्मपछि रियल लाइफ जोडीले नयाँ फिल्ममा काम गर्ने भएको छ । दुइले एकसाथ काम गर्ने फिल्म पक्का भएपनि नाम भने सार्वजनिक गरेका छैनन् । यो पटक भने दुइलाइ दर्शकले प्रेमी प्रेमिकाको भूमिकामा नै देख्न पाउनेछन् ।

घामड शेरेमा भने दुइले एक अर्काको प्रेमलाई मिस गरेका छन् । स्वस्तिमा र निश्चललाई एकसाथ फिल्म खेलाउनेहरुको संख्या बढेको छ । तर, यो जोडीले भने छनोट गरेर मात्र फिल्ममा काम गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV