फिल्म ‘पोई पर्याे काले’ ले प्रचार प्रसारलाई तिब्रता दिएको छ । कात्र्तिक ८ गते रिलिज हुने फिल्मको युनिट शुक्रबार चितवन पुगेको छ । भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक शिशिर राणाले ‘पोई पर्याे काले’ कमेडी शैलीको सामाजिक कथाबस्तुमा आधारित भएको बताएका छन् । फिल्ममा राणाकै कथा रहेको छ ।

फिल्मकी अभिनेत्री पूजा शर्माले आफुले गरेको अन्य फिल्म भन्दा ‘पोई पर्याे काले’ फरक फरक किसिमको फिल्म भएको बताईन् । अभिनेता आकाश श्रेष्ठले लभ स्टोरी जनराबाट कमेडी जनराको फिल्ममा काम गर्दा धेरै चुनौती महसुस गरेको बताए ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा पूजा र आकाश सँगै सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । फिल्ममा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् ।

For More videos Log on to Mazzako TV